काठमाण्डु – नेपाल सरकारले पुल सुधार तथा मर्मतका लागि विश्व बैंकबाट प्राप्त हुने करीब २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकबाट प्राप्त हुने ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
बैठकले दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करीब १ अर्ब ८ करोड ८० लाख नेपाली रूपैयाँ अनुदान सहायता स्वीकार गरेको पनि उनले जानकारी दिए ।
यी हुन् निर्णयहरू :


प्रतिक्रिया