जेनजी आन्दोलनमा सुरक्षा निकायका पदाधिकारीको भूमिकाबारे अनुसन्धान गर्न समिति गठन

जेनजी आन्दोलनमा सुरक्षा निकायका पदाधिकारीको भूमिकाबारे अनुसन्धान गर्न समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका सम्बन्धमा सुरक्षा निकायका पदाधिकारीमाथि अनुसन्धान गर्न समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्रको हकमा उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिको सदस्यमा सशस्त्र प्रहरी बलका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई रहेका छन् ।