काठमाण्डु – सरकारले मन्त्रिपरिषद् बैठकबाट सोमबार गरेका ३ निर्णयहरू सार्वजनिक गरिएका छन् ।
सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय सरकारले गरेको छ ।
सोमबार बसेको बैठकले सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको जानकारी दिँदै सरकारका प्रवक्ता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरिने बताए ।
बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको जनाइएको छ ।




प्रतिक्रिया