सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष फेरि पठाउने

सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष फेरि पठाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले फेरि पठाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अध्यादेश सिफारिस गर्न राष्ट्रपतिलाई फेरि पठाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न पुनः सिफारिस गर्ने निर्णय भएको हो ।

उनले राष्ट्रपति पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको अध्यादेश जस्ताको त्यस्तै सिफारिस भएको बताए । राष्ट्रपति पौडेलले आइतबार उक्त अध्यादेश सरकारलाई फिर्ता पठाएका थिए । त्यसको २४ घण्टा पनि नबित्दै सरकारले उक्त अध्यादेश राष्ट्रपति कार्यालय फेरि पठाएको हो ।

यसअघि सरकारले वैशाख १४ गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष पठाएको थियो। तर, राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार पुनर्विचारका लागि फिर्ता पठाएका थिए।

यो अध्यादेशमा संवैधानिक परिषद्को बैठकमा उपस्थित सदस्यको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था गरिएको छ। अहिले संवैधानिक परिषद्का सम्पूर्ण सदस्यको बहुमतले निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ।