शिक्षा र स्वास्थ्यमा लगाइएको ३% समता शुल्क हटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश

शिक्षा र स्वास्थ्यमा लगाइएको ३% समता शुल्क हटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको ३% समता शुल्क खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’सँगको परामर्शपछि उनले बुधबार मन्त्रिस्तरीय निर्णय गरेर हाललाई शुल्क खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका हुन् ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमा घोषणा गरिएको समता शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो । लागू भएको शुल्कका सन्दर्भमा जनगुनासो बढेपछि सरकारले शुल्क हटाउनेबारे छलफल थालेको थियो । यसै सन्दर्भमा सोमबार प्रधानमन्त्री र अर्थमन्त्रीबिच लामो परामर्श भएको थियो । त्यसपछि मंगलबार दिउँसो प्रधानमन्त्री बालेनले शुल्क हटाउन प्रक्रिया थालिने घोषणा गरेका थिए ।

आर्थिक ऐन २०८३ को दफा १६ बमोजिम लगाइएको शिक्षा समता शुल्क र दफा १७ बमोजिम लगाइएको स्वास्थ्य समता शुल्कमा आर्थिक ऐनको दफा १८ को (१) बमोजिम पूर्ण रूपमा छुट दिने मन्त्रिस्तरीय निर्णय मन्त्रिपरिषद् बैठकमा पेश भएको छ ।