हिन्दू प्रदर्शनमा मृत्यु भएका ४ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

हिन्दू प्रदर्शनमा मृत्यु भएका ४ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स र शव बाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर पूर्णरूपमा छुट दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले छुट दिनेसहित विभिन्न ५ वटा निर्णय गरेको छ ।

बैठकले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका ४ जनालाई सहिद घोषणा गर्ने निर्णय समेत गरेको छ । निर्णयअनुसार सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहाका गनेश कुमार यादवलाई सहिद घोषणा गरिएको छ ।

पोर्चुगल सरकारलाई काठमाण्डुमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।