काठमाण्डु – प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि पहिलो पटक शुक्रबार मन्त्रिपरिषद बैठक बस्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार बिहान ११ बजे बैठक आह्वान गरिएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीका साथै बाढीपछि उत्पन्न विपत्तिका विषयमा पनि छलफल हुने बताइएको छ ।




प्रतिक्रिया