यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका पाँच निर्णय


काठमाण्डु- सरकारले भन्सार विधेयक र विद्युत् विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले भन्सार विधेयक र विद्युत् विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने, नेपाल र फिलिपिन्सबीच कूटनीतिक तथा सरकारी राहदानी बहाललाई प्रवेशाज्ञा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

यस्तै बैठकले नेपाल औषधि लिमिटेडको महाप्रबन्धमा कैलाशकुमार पनेरुलाई नियुक्त गर्ने निर्णय गरिएको छ । यता नेपाल प्रशासन सेवा सामूहिकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक (सचिव) पदमा दिनेशकुमार घिमिरेलाई बढुवा गर्ने निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement