यी हुन् पुनर्गठित मन्त्रिपरिषदको पहिलो बैठकले गरेका २ निर्णय


काठमाण्डु- पुनर्गठित मन्त्रिपरिषदको पहिलो बैठकले दुई वटा निर्णय गरेको छ । बिहीवार बसेको बैठकले अवकाशमा जान लागेकी स्वास्थ्य सचिव देव कुमारी गुरागाईको विदाई गर्ने निर्णय गरेको छ । उनी शनिबार अवकास हुन लागेकाले त्यसअघि नै बिदाइ गर्नेगरी निर्णय भएको जनाइएको छ ।

त्यस्तै महिलासम्बन्धी संघीय राष्ट्र संघको कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी सहभागी हुने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार उनी कार्यक्रममा सहभागी हुन अमेरिकाको न्युयोर्क जाने छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement