मन्त्रिपरिषद् बैठकका यी १५ निर्णय सार्वजनिक (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका यी १५ निर्णय सार्वजनिक (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लोपटक बसेका मन्त्रिपरिषद्का २ बैठकका १५ निर्णयहरू सार्वजनिक गरिएका छन् ।

सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले सोमबार र फागुन २४ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक गरेकी छन् ।

बैठकले २०८१ वैशाख २० गतेदेखि २३ गतेसम्म जर्जियाको तिबिलिसीमा आयोजना हुने एसियाली विकास बैंकको ५७औं वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ ।

प्रवक्ता शर्माले गणतन्त्र कोरियामा आगामी चैत २८ गते हुने २२औं नेसनल एसेम्ली इलेक्सनको पर्यवेक्षणमा निर्वाचन आयोग नेपालका निर्वाचन आयुक्त सगुन शमशेर जबरालाई सहभागी हुन स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद्का विभिन्न समितिहरू समेत बनाइएको छ । मन्त्री शर्माले राजनीतिक समितिको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको बताइन् ।

आर्थिक पूर्वाधार समितिमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, विधेयक समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, प्रशासन समितिमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र सामाजिक समितिमा उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई संयोजक तोकिएको छ ।

यी हुन् निर्णयहरू –