यस्ता छन् मन्त्रीपरिषद बैठकले गरेका महत्वपूर्ण १६ निर्णयहरु


काठमाडौं – सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न शिर्षकमा १६ वटा महत्वपूर्ण निर्णय गरेको छ ।
बैठकका निर्णयहरु सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् ।

सरकराले मेलम्ची खानेपानीको हेडवक्र्स तथा सुरुङ निर्माणसहितका सबै काम तत्काल अघि बढाउने पनि निर्णय गरेको छ ।

बैठकले सरकारले देशभर मिचिएका सरकारी तथा सार्वजनिक जग्गा खोज्न चार सदस्यीय जाँचबुझ आयोग बनाएको छ । सरकारी, सार्वजनिक र गुठीको जग्गा संरक्षणसम्बन्धी जाँचबुझ गर्न झापाका मोहन भट्टराईको अध्यक्षतामा ४ सदस्यीय आयोग गठन गरेको हो । आयोगको सदस्यमा जानकी अधिकारी, दुर्गा दाहाल र जगत बहादुर देउजा रहेका छन् ।

मन्त्रिपरिषद्ले मेलम्ची परियोजनाको सुरुङ निर्माणका क्रममा विशेष परिस्थिति सिर्जना भएकाले आयोजनाको गर्न बाँकी काम तत्काल अघि बढाउन आवश्यक प्रक्रिया तत्काल थाल्ने निर्णय पनि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement