मन्त्रिपरिषदको विस्तार सोमबार ३ बजे हुने,प्रचण्डले गरे यस्तो खुलासा


चितवन– मन्त्रिपरिषदको विस्तार सोमबार हुने पक्कापक्की भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबारभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।

प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवनले शनिबार भरतपुर विमानस्थलमा आयोजना गरेको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘पर्सी (सोमबार) तीन बजे शपथ ग्रहण हुन्छ, मन्त्रिपरिषदले पूर्णताबारे आज मात्रै मेरो प्रधानमन्त्रीसंग मेरो कुराकानी भएको छ, शपथ ग्रहण कार्यक्रमबारे राष्ट्रपतिलाई हामीले जानकारी समेत गराइसकेका छौं ।’

मन्त्री छनौटमा भइरहेको ढिलाई पार्टीभित्रको विवादका कारण नभएको बताए । उनले मन्त्री छनौटमा पार्टीमा कुनै समस्या रहेको दाबी समेत गरे । ‘हामीले मन्त्री छनौट गर्ने एउटा विधी बनाएका छौं, त्यसमा पुराना र नयां अनुहार मिलाएर मन्त्री बनाउंछौं, आईतबार म चितबवनबाट आउपछि मन्त्रीको नाम टुंगो लाग्छ ।’ प्रचण्डले भने ।

पुर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले कम्युनिष्टहरुको एकतापछि करीब दुईतिहाई बहुमतसहितको सरकार बन्ने निश्चित भएको बताए । उनले त्यसबाट आत्तिंएकाहरुले दासढुंगा वा राजदरबार घटनाजस्तै अर्को कुनै घटना गराउन सक्ने भन्दै सजग हुन समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement