दुई मन्त्रालयमा ५८४ कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत


काठमाण्डु – सरकारले दुई मन्त्रालयमा ५ सय ८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा गरी ५८४ वटा अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।

सहरी विकास मन्त्रालयमा ३८० वटा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा २०४ वटा गरी ५८४ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement