मन्त्रिपरिषद बैठक : ३ सहसचिव सचिवमा बढुवा, ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय


काठमाण्डु – मन्त्रिपरिषदको वैठकले तीन जना सहसचिवहरुलाई सचिवमा बढुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषदको बैठकले सहसचिवहरु योगेन्द्र कार्की, गोकर्णमणी दुवाडी र सुरेश आचार्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

त्यसैगरी सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ। यही मंसिर २७ मा गते हुने निर्वाचन तत्कालका लागी स्थगन भएको संचारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement