काठमाण्डु – सरकारले १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले भने, ‘परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय भएको छ ।’ पदमुक्त भएकाहरु कोको हुन् भन्नेबारे पनि उनले खुलाएनन् ।
यस्तै, बैठकले आगामी २८ गते अपराह्न ४ बजे बस्ने संघीय संसद् बैठकलाई सम्बोधनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय समेत गरेको शिक्षामन्त्री पोखरेलले जानकारी दिए।
त्यसैगरी, बैठकले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रमसम्बन्धी १९३० को महासन्धिसम्बन्धी २०१४ को प्रोटोकल-२९ तथा १९४७ को महासन्धि-८१ अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।





प्रतिक्रिया