मन्त्रिपरिषदको बैठक बस्दै, सशस्त्र र प्रहरीमा को बन्ला आईजिपी?


काठमाडौं– मन्त्रिपरिषदको बैठक अहिले केहीबेरमा बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ९ बजे बस्ने वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र विभिन्न नियुक्तीका विषयमा छलफल हुनेछ । स्रोतकाअनुसार बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक नियुक्तीको विषयमा समेत छलफल गर्ने तयारी छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका हालका महानिरीक्षक प्रकाश अर्याल र सिंहबहादुर श्रेष्ठको भोली अनिवार्य अवकासमा विदा हुंदैछन् । प्रहरीमा आईजिपीका लागी सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की प्रतिस्पर्धामा छन् भने सशस्त्रमा शैलेन्द्र खनाल र पुष्पराम केसी आईजिपीको दौडमा छन् । आइजिपी बढुवाका लागि मन्त्रिपरिषदका बैठकअघि बढुवा सिफारीस समितिको बैठक बस्दै छ।

उच्च स्रोतले दिएको जानकारीअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै संगठनमा वरियताका आधारमा महानिरीक्षक नियुक्त गर्नुपर्ने पक्षमा छन् भने प्रधानमन्त्री वरियताका साथै कार्यदक्षताका आधारमा आईजिपी नियुक्त गर्ने पक्षमा छन् । वरियताका आधारमा महानिरीक्षक नियुक्त भए खनालद्धय आईजिपी बन्ने सम्भावना छ । कार्यदक्षतालाई आधार बनाइयो भने सशस्त्रमा केसी र नेपाल प्रहरीमा खरेल महानिरीक्षक बन्ने प्रवल सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement