इदुल फित्रमा सार्वजनिक विदा दिने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं – इस्लाम धर्मावलम्बीहरुको पर्व इदुल फित्रका दिन सार्वजनिक विदा दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

सरकारका प्रवक्ता अर्थ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले विदाबारे सैद्धान्तिक निर्णय भएको बताए ।

त्यसैगरी मन्त्रिपरिषद्ले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गर्नका लागि ल्याइएको ऐनको साविककै व्यवस्था जगाउने अध्यादेश २०७७ लाई प्रतिस्थापन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत दिने निर्णय गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement