भदौ १६ गतेसम्म हवाई उडान र लामो दूरीका बस बन्द गर्ने सरकारको निर्णय


काठमाण्डु – सरकारले भदौ १६ गतेबाट हवाई उडान खोल्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १ गतेबाट हवाई र लामो दूरीका सार्वजनिक यातायात खोल्ने निर्णयबाट पछि हट्दै १५ दिन पछि सार्ने निर्णय गरेको हो ।

पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले सञ्चालन गर्नुपर्ने यातायातका साधानहरु पनि बन्द गर्नुपर्ने अवस्था भएकाले तत्काल हवाई उडान र लामो दूरीका बस नखोलने निर्णय भएको हो ।

त्यस्तै सरकारले सीमामा थप कडाई गर्ने निर्णय गरेको छ । भारतबाट आउने नेपालीबाट कोरोनाको जोखिम बढेको भन्दै सरकारले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement