चार्टड उडान पुनः सुचारु, निजी अस्पतालका संक्रमितको उपचार खर्च व्यहोर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाण्डु – सरकारले निजी अस्पतालका कोरोना संक्रमितको उपचार खर्च व्यहोर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निजी अस्पतालमा रहेका कोरोना संक्रमितको उपचार खर्च पनि व्यहोर्ने निर्णय गरेको हो ।

पछिल्लो समय कोरोना संक्रमितले अस्पताल भरिभराउ हुन थालेपछि सरकारले निजी अस्पताललाई प्रोत्साहन स्वरुप यस्तो निर्णय गरेको हो ।

यस्तै सरकारले विदेशबाट हुने चार्टड उडान पुनः सुचारु गर्ने निर्णय गरेको छ । बैठकले हवाई उडानबाट नेपाल आउनेहरुले सात दिनसम्म काठमाण्डुको होटलको क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ ।

त्यसका लागि विदेशबाट आउनुपूर्व नै होटल बुक गर्नुपर्ने भएको छ । यस्तै बैठकले स्थानीय तहहरूमा क्वारेन्टाइनको संख्या विस्तार गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले उद्योग तथा कलकारखानाका कच्चा पदार्थ बोकेका ढुवानीका सवारीसाधन चल्न दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement