प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक


काठमाण्डु – मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही महत्वपूर्ण निर्णय गर्नका लागि बैठक बोलाएका हुन् ।बैठक सोमबार साँझ ५ बजेका लागी बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको नियुक्तीबारे निर्णय गर्ने स्रोतले जानकारी दियो ।  हालका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आजबाट सकिएको छ । उर्जामन्त्री वर्षमान पुनले घिसिङको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्नेछन् ।

त्यस्तै बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा निर्णय गर्न सक्ने स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement