संविधान दिवसमा विभूषित हुनेको नाम मन्त्रिपरिषदवाट स्वीकृत


काठमाण्डु – सरकारले संविधान दिवसमा विभूषित हुनेको नाम सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

कति जनाको नाम सिफारिस भयो भन्ने खुलेको छैन् । नेपालमा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाइन्छ । सरकारले कोरोना भाइरसको महामारीको बीचमा पनि यस वर्ष संविधान दिवस मनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement