१० देशका अवैतनिक वाणिज्यदूतको पदावधि चार वर्ष थपियो


काठमाण्डु – सरकारले १० वटा देशका अवैतनिक वाणिज्यदूतहरुको पदावधि चार वर्ष थप गरेको छ ।

असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न देशका अवैतानिक वाणिज्यदूतहरुको पदावधि थप गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले इरानको तेहरानमा कार्यरत अवैतिनक महावाणिज्यदूत शाहरम शान्तियाइ, मलेसियाको ज सेलङ्गार शहरमा कार्यरत अवैतानिक वाणिज्यदूत तेयो स्वी लेङ, इन्डोनेसियाको जाकार्ताका बल्ली सपुत्र जनोसती, इजरायलको हाइफामा कार्यरत निरड वर्गर, इजरायलको वीरेभामा कार्यरत इयान नीर, अमेरिकाको इलिनोइसमा कार्यरत मरभिन ए. ब्रस्टिन, अमेरिकाको मेरिल्याण्डमा कार्यरत प्रेमराजा महत, अमेरिकाको हवाईमा कार्यरत मेरी सी. क्यारेल, अमेरिकाको सियाटल बहरमा कार्यरत ए.सी. शेर्पालाई चार वर्षका लागि थप गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले बेल्जियमको फ्ल्याण्डर्समा कार्यरत इन्ग्रीड सेस्र्टर्स ल्यूटनलाई चार वर्षका लागि नयाँ वाणिज्यदूतमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले ग्रीसको एथेन्स शहरमा अवैतानिक वाणिज्यदूत पदमा कार्यरत इम्मानोइल काराभेलाकिसको पदावधि आगामी चार वर्षका लागि थप गर्ने साथै उनलाई कार्यरत अवैतनिक वाणिज्यदूतको पदबाट अवैतनिक महावाणिज्यदूतमा पदोन्नती गर्ने निर्णय गरेको छ भने लेबनानको बेरुत शहरमा अवैतनिक वाणिज्यदूत पदमा कार्यर एल शेख मोहमद वासम गोजायललाई अवैतनिक महावाणिज्यदूतमा पदोन्नति गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement