एनसीसीको कार्यकारी महानिर्देशकमा पूर्वउपरथी भण्डारी नियुक्त, पाँच जना प्रमुख सेनानीको बढुवा


काठमाण्डु – सरकारले राष्ट्रिय सेवा दल (एनसीसी)को कार्यकारी महानिर्देशकमा रघु भण्डारीलाई नियुक्त गरेको छ ।

कात्तिक २० गते बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वउपरथी रहेका भण्डारीलाई कात्तिक १३ गतेदेखि लागू हुनेगरी दुई वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले नेपाली सेनाका प्रमुख सेनानी मनोज थापासहित पाँच जना प्रमुख सेनानीहरुको बढुवा गरी पदस्थापन गरेको छ । त्यस्तै बैठकले महासेनानी मोहन क्षेत्रीसहित पाँच जना महासेनानीहरुको सरुवा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement