आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद बैठक बस्दै, काे बन्छ नयाँ आईजीपी ?


काठमाण्डु  – आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक अहपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

आजको बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति हुने बताइएको छ । आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकाशमा जाँदै छन् ।

उनको अवकाससँगै ५ जना एआईजीहरू आईजीपी बन्न प्रतिस्पर्धामा छन् । वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement