मन्त्रिपरिषदको बैठक बस्दै,सशस्त्रमा केसीलाई आईजीपी नियुक्त गर्ने तयारी


काठमाण्डु – मन्त्रिपरिषदको बैठक बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने अहिले १० बजे बैठक बस्ने तयारी छ ।

आजको बैठकले सशस्त्र प्रहरीमा नयां महानिरीक्षक नियुक्त गर्ने निर्णय गर्नेछ । त्यसका साथै निर्वाचनसंग सम्बन्धित निर्णय समेत आजको बैठकम हुनेछ ।

सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसीलाई महानिरीक्षक बनाउने सरकारको तयारी छ । केसीले २०४९ वैशाख १८ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेका थिए । उनि २०५८ सालमा डीएसपीमा बढुवा भएर सशस्त्रमा प्रवेश गरेका थिए ।

उनि यो विचमा नियमावली परिवर्तन नभएको अवस्थामा २१ दिनका लागि मात्र सशस्त्रको प्रमुख बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement