मन्त्रिपरिषद् पुर्नगठनको लागि ओली-दाहालबीच छलफल


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका छन। प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई फेर्ने र नयाँ मन्त्री नियुक्त गर्नेबारे पार्टीका अन्य नेताहरूसँग सल्लाह गर्न लागेका हुन।

मंगलबार बिहान वालुवाटारमा भएको भेटमा आफूहरुबीच मन्त्रिपरिषद् पुनर्गठनका विषययमा कुरा भएको प्रचण्डले बताए। विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको विषय प्रधानमन्त्रीको मुल्याङकनमा भर पर्ने बताए ।

उनले भने, ’यो कुरा प्रधानमन्त्रीजीले कसरी हिसाब गर्नुभएको छ त्यसमा भर पर्छ। हाम्रोमा प्रधानमन्त्री प्रणाली छ। साँचो कुरा के हो भने आज बिहान मात्रै बालुवाटारमा कुरा भएको थियो। म बालुवाटारबाट सिधै आएको छु।’

उनले थपे, ’प्रधानमन्त्रीजीको भनाई छ कि, म हेरिरहेको छु, दुवै अध्यक्षको बीचमा सामान्य सल्लाह गरेर गर्नैर्पयो भने केही परिवर्तन गर्नुपर्छ। तर अहिले हतारो छैन।’ प्रचण्डले आफूले मन्त्री परिवर्तन गर्ने अधिकार प्रधानमन्त्रीको भएकाले आफै गर्न भनेको बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement