राष्ट्रियसभा बैठक समापन नभएसम्म प्रधानमन्त्रीले मन्त्रीपरिषद् हेरफेर नगर्ने


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा बैठक समापन भएपछि मात्रै मन्त्रीमण्डल हेरफेर गर्ने भएका छन् । नेकपा एकीकृत समाजवादीले मन्त्रीमण्डल हेरफेर गर्न निरन्तर दबाब दिए पनि बजेट अधिवेशन समापन भएपछि मात्रै मन्त्रीमण्डल हेरफेर गर्ने भएका हुन् ।

‘अहिले मलाई मन्त्रीमण्डल हेरफेर गर्दा समस्या आउँछ । प्रधानमन्त्रीले सबैलाई मन्त्री बनाउनुपर्छ भन्नेमा दबाब बढ्छ भन्नु भएकोछ’, नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘उहाँको आन्तरिक समस्या देखाएर मन्त्रीमण्डल हेरफेर गर्न आनाकानी गर्नु हुन्न भनेर हामीले भनेका छौँ । तर मन्त्रीमण्डल हेरफेर गर्नै परेमा राष्ट्रियसभा बैठक समापन भएपछि मात्रै गर्ने मुडमा प्रधानमन्त्री देखिनु भएको छ ।’

उनका अनुसार नेकपा एसको बिहीबार बसेको सचिवालय बैठकले मन्त्रीमण्डल हेरफेर गर्ने पार्टी निर्णय कार्यान्यवन गराउनका लागि अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीमाथि निरन्तर दबाब दिइरहेका छन् । नेकपा एसका मन्त्रीहरुले पनि मन्त्रीमण्डल हेरफेर गर्ने निर्णय लिनु परेमा बजेटको जवाफ सकिएपछि मात्रै गर्नुपर्ने धारणा राख्दै आएका छन । सो बारेमा अध्यक्ष नेपालले शुक्रवारको बैठकमा मन्त्रीहरुको प्रस्तावका बारेमा जानकारी गराउँदैछन ।

नेकपा एसका मन्त्रीहरुले पनि मन्त्रीमण्डल हेरफेर गर्ने निर्णय लिनु परेमा बजेटको जवाफ सकिएपछि मात्रै गर्नुपर्ने धारणा राख्दै आएका छन । सो बारेमा अध्यक्ष नेपालले शुक्रवारको बैठकमा मन्त्रीहरुको प्रस्तावका बारेमा जानकारी गराउँदैछन । ई साताअघि नेकपा एसले देउवा सरकारमा रहेका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्य मन्त्रीमा बढुवा गरी अन्य चारजनाईलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । स्वास्थ्यमन्त्री बिरोध खतिवडा, संस्कृति तथा पर्यटन मन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाक्री र श्रम मन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, शेरबहादुर कुवँर, मेटमणि चौधरी र हिराचन्द्र केसीलाई पठाउने निर्णय लिएको थियो ।

सो निर्णय कार्यान्यवन गराउनका लागि अध्यक्ष नेपालले पटक पटक प्रधानमन्त्रीलाई दबाब दिए प्रधानमन्त्रीले ‘बजेट अधिवेशन समापन भएपछि मात्रै मन्त्रीमण्डल हेरफेर गर्ने’ भन्दै नेकपा एसको निर्णय कार्यान्वय गरिदिएका छैनन् ।

देउवाले उक्त निर्णय कार्यान्वयन नगरेपछि नेकपा एसमा भने किचल सुरु भएको छ । बहालवाला मन्त्रीहरुले पार्टीको सो निर्णय वारेमा सुरुमा नै आफू अनविज्ञ भएको बताउँदै असन्तुष्टि जाहेर गर्दै संघीय संसदको निर्वाचनसम्म निरन्तरता पाउनु पर्ने बताउँदै आएका छन भने अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालले भने तत्काल पार्टी निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवासँगको भेटमा दबाब बढाउँदै आएका छन् ।

तर, नेकपा एसवाट मन्त्रीमण्डलमा नयाँ अनुहार थपेपछि कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपाल थप तीन पार्टीबाट पनि नयाँ अनुहार थप्नु पर्ने दबाबलाई टार्ने पक्षमा देखिएपछि प्रधानमन्त्री देउवाले बजेटको जवाफ सकिएपछि मात्रै मन्त्रीमण्डल हेरफेर गर्ने पुनः दोहो¥याएका छन ।

प्रतिक्रिया दिनुहोस
Advertisement