मन्त्रिपरिषद हेरफेर गर्दै प्रधानमन्त्री, उपसभामुखलाई राजीनामा गराइँदै


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्मकमल दाहाल ‘प्रचण्ड’सँग सोमबार झण्डै दुई घण्टा वार्ता गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् ।

ओलीले ६ मन्त्री हेरफेर गर्न सक्ने बालुवाटार स्रोतले बतायो । शिवमाया तुम्बाहाङ्फेलाई प्रतिनिधिसभाको उपसभामुखबाट राजीनामाका विषयमा छलफल गरी मन्त्रीपदका लागि तयारी अवस्थामा बस्न भनेको स्रोतले बतायो ।

कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । यो पद अन्यलाई नछाड्न नेकपाले उपसभामुखलाई राजीनामा गराउन लागेको समाचार अन्नपूर्ण पोस्टमा छापिएको छ । सभामुख र उपसभामुख एकै दलबाट बन्न नपाइने संवैधानिक व्यवयस्था छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement