यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका १५ निर्णय


काठमाण्डु – सरकारले मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । शुक्रबार सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषद बैठकले गरेका १५ वटा निर्णयहरु सार्वजनिक गरेका हुन् ।

सरकारले चार वस्तुमा लाग्दै आएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ । गएको वैशाख १४ गतेदेखि जीप, कार र भ्यान जस्ता निजी प्रयोजनका सवारीसाधनको आयातमा प्रतिबन्ध लागेको थियो ।

सरकारले नेपाल सरकारद्वारा गठित वार्ता टोली र प्राध्यापक डा. गोविन्द केसीबीच मिति २०७९–६र८ गते सम्पन्न सहमति पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै फिलिपिन्सको मनिलामा आयोजना हुने लिडरशीप फोरम एण्ड साइनिङ शिरोमणि अफ कमिटमेण्ट लेटर स्टेन्थिनी पर्फमेन्स अडिट क्यापसिटी इन एशिया एण्ड द प्यासिफिक विषयक कार्यक्रममा महालेखा परीक्षक टंकमणि शर्मा दंगालसमेत २ जनालाई सहभागी हुन स्वीकृत दिने निर्णय भएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement