काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै खेलाडी र मुख्य प्रशिक्षकलाई ३ लाखका दरले प्रोत्साहन भत्ता दिने भएको छ ।
बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले प्रोत्साहन भत्ता दिनेसहित ९ निर्णय गरेको छ ।
अमेरिका र वेस्ट इन्डिजमा भएको आईसीसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै क्यानले प्रोत्साहन भत्ता दिने निर्णय गेरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
राष्ट्रिय सहयोगी स्टाफहरूलाई जनही १ लाख ५० हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता दिने निर्णय भएको छ ।
गत जुनमा सम्पन्न टी–२० विश्वकपमा टेस्ट राष्ट्रविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो ।
प्रतिक्रिया