क्यानले खोल्यो मुख्य प्रशिक्षक पदका लागि विज्ञापन

क्यानले खोल्यो मुख्य प्रशिक्षक पदका लागि विज्ञापन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदका लागि विज्ञापन खोलेको छ ।

क्यानले शनिबार विज्ञापन जारी गर्दै मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको छ । आवेदन आगामी १६ गतेसम्म दिन सकिनेछ ।

क्यानले मुख्य प्रशिक्षकका लागि कम्तीमा ईसीबी वा सीएबाट लेभल–३ पार गरेको हुनुपर्ने, कम्तीमा ५ वर्ष व्यावसायिक प्रशिक्षणको अनुभव हुनुपर्ने, क्रिकेट कल्चर तथा एशोसिएट राष्ट्रको ओडीआई साइकलबारे जानकार हुनुपर्ने मापदण्ड तोकेको छ ।