पूर्व कप्तान पारस खड्काले क्यान बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने


काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) को बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै खड्काले क्यान बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे ।

केही दिनअघि पारस काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा पारस सर्वसम्मत चयन भएपछि क्यानको केन्द्रीय नेतृत्वमा पुग्ने पारसको बाटो खुला भएको छ । पारसले २ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement