क्यानको साधारणसभा असोज पहिलो हप्ता हुने


काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय साधारणसभा असोजको पहिलो हप्ता काठमाण्डुमा हुने भएको छ ।

नयाँ नेतृत्व चयनका लागि केन्द्रीय साधारणसभा असोज ५ र ६ गते हुने जनाइएको छ ।

साधारणसभा नयाँ बानेश्वरमा हुनेछ । साधारण सभाले नेपाली क्रिकेट संघको नयाँ केन्द्रीय नेतृत्व चयन गर्नेछ ।

साधारण सभामा क्यानको आर्थिक वर्ष २०७९/८० को वार्षिक लेखापरीक्षण प्रतिवेदन पनि अनुमोदनका लागि पेश गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement