पहिलो ३ महिनाभित्रै आन्तरिक संरचना बदल्न प्लानसहित अघि बढ्नेछौं : अध्यक्ष चन्द


काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले आफ्नो नयाँ कार्यकालको ३ महिनाभित्र क्रिकेटको घरेलु संरचनालाई बदल्ने बताएका छन् ।

क्यानको अध्यक्षमा निर्विरोध निर्वाचित भएसँगै उनले नेपाली क्रिकेटलाई भारत र पाकिस्तानको स्तरमा पुर्‍याउनुपर्ने चुनौती रहेको बताए ।

उनले भने, ‘पहिलो ३ महिनाभित्रै आन्तरिक स्ट्रक्चरलाई हामीले प्लानसहित अघि बढ्नेछौं । भारत र पाकिस्तानसँग खेल्यौं, अब नेपाललाई पनि त्यस्तै टीम बनाउने आधारशिला खडा गर्नुछ । त्यसका लागि घरेलु संरचनालाई नयाँ किसिमले बदल्नु छ र सरकारले भौतिक संरचनामा ध्यान दिएर अघि बढ्न जरुरी छ ।’

अध्यक्षमा चन्दसँगै उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् । सचिवमा नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्का र प्रशान्तविक्रम मल्ल प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement