एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोली घोषणा, को–को परे ?


काठमाण्डु – एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार देव खनालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ ।

टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा, दीपक बोहरा, उत्तम थापा मगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल केसी र मिलन बोहोरा छन् ।

रिजर्भमा प्रज्वल थापा, विपिन रावल, निर्मल गुरूङ र राजेश यादवलाई राखिएको छ ।

एसीसी यू–१९ प्रिमियर कप अक्टोबर १२–२४ सम्म मलेसियामा हुँदैछ । १६ एसोसिएट टोली सहभागी हुने प्रतियोगिताका शीर्ष ३ टीमले यू–१९ एसिया कप खेल्न पाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement