काठमाण्डु-क्यानडा अध्ययन गर्न जाने नेपाली विद्यार्थी र अभिभावकलाई ओटावास्थित नेपाली दूतावासले सात बुँदे सुझाव दिएको छ ।
दूतावासले विज्ञप्ति जारी गर्दै क्यानडाको नयाँ नीतिनियम तथा त्यहाँ रहँदा नेपाली विद्यार्थीहरूले पालना गर्नुपर्ने विभिन्न नियमहरूबारे जानकारी गराएको छ ।
निकट भविष्यमै नयाँ शैक्षिक सत्रको सुरुवात हुन लागेकोले अध्ययनका लागि जान चाहेको कलेज, विश्वविद्यालयहरूको राम्रो अनुसन्धान गरेर मात्रै आवश्यक प्रक्रिया चाल्न पनि दूतावासले आग्रह गरेको छ ।
प्रतिक्रिया