कारको ठक्करबाट दुई महिलाको मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कपिलवस्तुको गोरुसिङे पत्थरकोट सडक खण्डमा कारले ठक्करदिँदा २ महिलाको मृत्यु भएको छ ।

कपिलवस्तुको बुद्दभुमी नगरपालिका–१ बसन्तपुरमा शुक्रबार बिहान मर्निङ वाक्मा निस्किएका उनीहरूको कारको ठक्करबाट मृत्यु भएको छ।

अर्घाखाँचीबाट बुटवलका लागि हिँडेको बीएडी ९५९९ नम्बरको गाडीले ठक्कर दिँदा स्थानीय ६५ वर्षीया शान्ता खत्री र तिलकुमारी रायमाझीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गोरुसिङेले जनाएको छ।

चालकसहित गाडी प्रहरी नियन्त्रणमा छ। चालक निदाउँदा र गाडी तीव्र गतिमा रहेकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

दुर्घटनापछि कार चालक ३५ वर्षीय खिमराज श्रेष्ठलाई पक्राउ गरिएको उनले बताए। तीव्र गतिको कार सडकमा हिँड्दै गरेका यात्रुलाई ठक्कर दिएपछि उछिट्टिएर सडक किनारामा पुगेको छ।