२२ किमी हिडेर काममा आउथिन् महिला वेट्रेस, ग्राहकलेनै दिए कार उपहार


एजेन्सी – विश्वमा मनकारी मान्छेको कमी छैन । मिहेनत गर्ने मानिसलाई सहयोग गर्ने मानिस पनि रहेका छन् । यस्तै एक दानवीर मानिस टेक्सासम फेला परेका छन् । टेक्सासमा एक ग्राहकले रेष्टुराँको वेट्रेसलाई कारनै उपहारमा दिएका छन् ।

जानकारीका अनुसार टेक्साको गेल्भेस्टनमा एक वेट्रेस रेष्टुराँमा काम गर्छिन् , जसलाई यहाँ खाना खान आएका ग्राहकलेनै कार उपहारमा दिएका छन् ।

वेट्रेसको नाम एड्रियाना एडवर्ड हो । उनी एक अमेरिकी रेष्टुराँमा काम गर्छिन् । उनी रेष्टुराँमा काममा जानका लागि प्रत्येक दिन १४ माइल अर्थात् २२.५ किमी पैदल हिड्ने गर्छिन ।

तर मंगलबार एक जोडी यहाँ खाना खान आएका थिए । उनीहरुले एड्रियानाको बारेमा थाहा हुन आयो । उनीहरुलाई एड्रियानाले कार किन्नका लागि पैसा जम्मा गरिरहेको पनि थाहा भयो । उनीहरुले आफ्नो परिचय नखुलाउने सर्तमा वेट्रेसलाई नयाँ कार खरिद गरिदिए । कार २०११ को निसान सेन्ट्र थियो ।

यो कार पाएपछि उनको आँखाको आँसु थामिएन । तर कार उपहार दिने महिला पनि उनलाई देखेर अत्यन्त खुसी भइन् । यो अकस्मात उपहारका लागि एड्रियानाले भनिन्, ‘मलाई सपना देखेको जस्तो भइरहेको छ ।’ कार उपहार दिने महिलाले पनि आपूmले जब कसैलाई समस्यामा देखे पनि सहयोग गर्ने प्रयास गर्ने गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement