यी हुन् क्यारेबियन प्रिमियर लिगको ड्राफ्टमा परेका नेपालका ४ खेलाडी


एजेन्सी – क्यारेबियन प्रिमियर लिग क्रिकेटको ड्राफ्टमा नेपालका चार जना खेलाडी परेका छन् ।

ड्राफ्टमा पर्नेहरुमा सन्दीप लामिछानेसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहित पौडेल परेका छन् । ड्राफ्टमा परेका खेलाडीहरुको छनोट ६ टिमले २२ मे मा अन्तिम छनोट गर्नेछन् ।

ड्राफ्टमा २१ देशका ५३६ खेलाडी छन् । उनीहरुबाट ६ टिमले खेलाडी छनोट गर्ने छन् । जसमा १७९ खेलाडी वेस्ट इन्डिजका छन् भने ३५७ विदेशी खेलाडी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement