यी हुन नेपालमा हालसम्म भएका प्रधानसेनापतिहरु (नामसहित)


काठमाण्डु – नेपाली सेना दक्षिण एसियाकै ठूलो पुरानो सेना हो । वि.सं. १६१६ भाद्र २५ गते गोर्खा राज्यको स्थापना भएकै वर्ष नेपाली सेनाको पनि स्थापना भएको थियो । यसका संस्थापक राजा पृथ्वीनारायण शाह थिए भने नेपाली सेनाको पहिलो सेनापति भगीरथ पन्त हुन् ।

त्यस्तै नेपाली सेनाका पहिलो प्रधानसेनापति जंग बहादुर राणा हुन् भने वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापा हुन् । उनी पनि भदौं २४ मा अनिवार्य अवकासमा जाँदैछन् । नेपाली सेना नेपालको राष्ट्रिय सेना हो । यसको प्रधान कार्यालय (नेपाली जंगी अड्डा) काठमाण्डुको भद्रकालीमा रहेको छ ।

साथै नेपाली सेना पृतना प्रधान कार्यालयहरू पूर्वको इटहरी, हेटौंडा, उपत्यका (सिंह दरबार), पोखरा, सुर्खेत तथा दिपायलमा रहेका छन् । नेपाली सेनाका बाहिनी, गण तथा गुल्महरू देशका सबै भागमा रहेका छन् ।

नेपाली सेना विकास निर्माण खास गरी सेनाले बनाएका सडकमार्गहरू देशका प्रायः सबै भागमा रहेका छन् । नेपाली सेना विकास निर्माण तथा प्राकृतिक विपत्तिमा उद्धारका लागि यो शक्ति नेपालको मेरूदण्ड नै हो ।

यी हुन् नेपालमा हालसम्म भएका प्रधानसेनापतिहरुः

पृथ्वीनारायण शाह शासनकालका सेनापतिहरूः
विराज थापा मगर
महेश्वर पन्त
कालु पाण्डे
शिवराम सिंह बस्न्यात
रामकृष्ण कुंवर
केहरसिंह बस्न्यात
वंशराज पाण्डे
अभिमान सिंह बस्नेत
बलभद्र शाह
कीर्तिमान सिँह बस्न्यात
दामोदर पाण्डे
अमरसिंह थापा
भीमसेन थापा
रणजंग पाण्डे
माथवरसिंह थापा
अभिमान सिंह राना मगर

राणा शासनकालका प्रधानसेनापतिहरूः

जंगबहादुर राणा
बमबहादुर राणा
कृष्णबहादुर राणा
रणोद्दिप सिंह बहादुर राणा
जगत शमशेर राणा
धीर शमशेर राणा
जीतजंग राणा
खड्ग शमशेर जंगबहादुर राणा
रण शमशेर जंगबहादुर राणा
देव शमशेर जंगबहादुर राणा
चन्द्र शमशेर जंगबहादुर राणा
भीम शमशेर जंगबहादुर राणा
जुद्ध शमशेर जंगबहादुर राणा
रुद्र शमशेर जबरा
पद्म शमशेर जंगबहादुर राणा
मोहन शमशेर जंगबहादुर राणा
बबर शमशेर राणा
केशर शमशेर राणा

प्रजातन्त्रपछि नेपालका प्रधानसेनापतिहरू

किरण शमशेर राणा
तोरण शमशेर जबरा
नीर शमशेर जबरा
सुरेन्द्र बहादुर शाह
सिंह बहादुर बस्न्यात
गुण शमशेर जबरा
सिंह प्रताप शाह
अर्जुन नरसिंह राणा
सत्चित शमशेर जबरा
गडुल शम्शेर जबरा
धर्मपालवरसिँह थापा
प्रज्वल शम्शेर जबरा
प्यारजंग थापा
रूक्माङ्गद कटवाल
छत्रमानसिंह गुरुङ
गौरव शमशेर जंगबहादुर राणा
राजेन्द्र क्षत्री
पूर्णचन्द्र थापा

प्रतिक्रिया दिनुहोस
Advertisement