विदेशमा बसेर फेसबूक ह्याक गरी साइबर अपराधमा संलग्न १ व्यक्ति पक्राउ

काठमाण्डु – विदेशमा बसेर महिलाको फेसबूक ह्याक गरी साइबर अपराध गर्ने १ व्यक्तिलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय सन्दीप थापामगर रहेका छन् । उनी साइबर अपराध गर्दाका समयमा वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा रहेको खुलेको ब्युरोका उपनिर्देशक, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए…