जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ

पाल्पा – १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । रामपुर नगरपालिका–५ पारी बेझाड बस्ने २५ वर्षीय विक्की दमाईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । दमाईले ती किशोरीलाई ललाइफकाई जेठ ३ गते आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई…