काठमाण्डु – प्रहरीले विभिन्न जिल्लामा जुवातास खेल्दाखेल्दै २५ जनालाई पक्राउ गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ तल्लो बजार बस्ने ४० वर्षीय नवराज कोईरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा नवराज समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३६ हजार २६५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको…