अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर ३३ ग्राम ४०० मिलिग्रामसहित जुम्लाको चन्दननाथ नगरपालिका–५ बस्ने २२ वर्षीय प्रवेश सुनारलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह समेतबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूपदार्थसहित पक्राउ गरेको…