नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका सीईओ पाण्डेको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ

काठमाण्डु- नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डेको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा रिटमाथि सुनुवाइका लागि पेशी तोकिएको अदालत स्रोतले जनाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पाण्डेलाई मंगलबार राति पक्राउ गरेको थियो। पक्राउ…