परीक्षाअगावै प्रश्नपत्रसँगै उत्तर सार्वजनिक गर्ने कार्यमा संलग्न २ जना पक्राउ

काठमाण्डु – सामाजिक सञ्जालमार्फत परीक्षाअगावै प्रश्नपत्रसँगै उत्तर समेत सार्वजनिक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डु नागार्जुन नगरपालिका–१ रानीबन बस्ने गोरखाको भीमसेन थापा गाउँपालिका–५ घर भएका २९ वर्षीय सन्तोष बन्जारा र नागार्जुन नगरपालिका–१ वनस्थली बस्ने गोरखा गण्डकी गाउँपालिका–३ घर भएका २० वर्षीय अश्विन अधिकारी रहेका छन् ।…