काठमाण्डु – देशभर जुवातास खेल्दाखेल्दै प्रहरीले ५९ जनालाई पक्राउ गरेको छ ।
काभ्रेको पनौती नगरपालिका–९ सुनथान बस्ने ४० वर्षीय सुरेश कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश समेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ४५ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।
सिराहाको लहान नगरपालिका–७ बाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय निरज गुप्ता समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३६ हजार ६५५ रूपैयाँ, २ हजार ८८० भारतीय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१८ कटा टोलस्थित गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१७ बस्ने ३१ वर्षीय उपेन्द्र प्रसाद साह समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको उनीहरूलाई नगद ७६ हजार ३९० रूपैयाँ र ८ बुक ताससहित प्रहरीले पक्राउ गरेको छ ।
प्युठानको प्युठान नगरपालिका–२ जुम्रीबाट जुवातास खेलिरहेको अवस्थामा प्युठान नगरपालिका–४ बिजुवार बस्ने ५५ वर्षीय डिल बहादुर सुनार समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ४० हजार १० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–६ वनकसियाबाट जुवातास खेलिरहेको अवस्थमा वाणगंगा नगरपालिका–५ बस्ने ३३ वर्षीय जिवन विश्वकर्मा समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङ र इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई २ लाख २० हजार १९० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ जिरो ड्यामबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–५ बस्ने ४३ वर्षीय कुल बहादुर सुनार समेत १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ५ हजार ६७० रूपैयाँ, २८ बुक तास र लंगुर बुर्जा ६ थानसहित उनीहरूलाई पक्राउ गरेको छ ।
जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया