एनपीएलमा काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

एनपीएलमा काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा यी २ टोलीबीचको खेल सुरु भएको छ ।

जारी प्रतियोगितामा लुम्बिनी अपराजित छ । रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले ४ खेलमध्ये ३ मा जीत र १ खेलमा वर्षाका कारण अंक बाँडेको छ । ७ अंकसहित लुम्बिनी तालिकाको शीर्ष स्थानमा छ । शनिबारको खेल जित्दै आफ्नो अपराजित यात्रा कायम राख्ने उसको लक्ष्य छ ।

तालिकाको चौथो स्थानमा रहेको काठमाण्डु पनि राम्रो लयमा छ । ३ खेल खेलेको काठमाण्डुले २ खेलमा जीत र १ खेलमा हार व्यहोरेको छ । पछिल्ला २ खेलमा लगातार जीत निकालेको काठमाण्डु शनिबार पनि सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ ।

आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तेस्रो संस्करणमा ८ टोली सहभागी छन् ।