काठमाण्डु – लुटपाट तथा चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय बिकेस राजबाहक र काठमाण्डु महानगरपालिका–१९ डल्लु बस्ने ३४ वर्षीय अरूण भुजेल रहेका छन् । काठमाण्डु महानगरपालिका–२९ ईन्द्रचोकस्थित एक ज्वेलरीमा हतियार देखाई लुटपाट गर्ने प्रयास गरेको घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी…