काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल पठाउने नाममा भएको भनिएको ठगी प्रकरणमा पक्राउ परेकी छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खड्कालाई शुक्रबार राति काठमाडौंमा पक्राउ गरेको हो। उनी कांग्रेसको खुला महिलातर्फ केन्द्रीय सदस्य पदकी उम्मेदवार हुन्। उनी भोट माग्दा माग्दै समातिएकी हुन् ।
सीआईबी स्रोतका अनुसार वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा यसअघि पक्राउ परेका रामेछापका भरत चौलागाईंमार्फत खड्काको नाम पनि अनुसन्धानमा जोडिएको थियो। त्यही प्रकरणमा थप अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ।
यसअघि सीआईबीले दोलखाकी ३२ वर्षीया बालिका सिवाकोटी र रामेछापका ५१ वर्षीय भरत चौलागाईंलाई पक्राउ गरेको थियो। उनीहरूले इजरायल पठाइदिने भन्दै २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोप छ।
खड्कामाथि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग समेत निकटता राखेर मुद्दामा चलखेल गरेको आरोप लाग्दै आएको स्रोतले जनाएको छ। यद्यपि, यी आरोपहरू पुष्टि हुन बाँकी छन्।
सीआईबीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूको दोष अदालतबाट प्रमाणित हुन बाँकी रहेकाले उनीहरूलाई कानुनी प्रक्रियाअनुसार नै अनुसन्धान गरिनेछ।
खड्का नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला महिलातर्फ केन्द्रीय सदस्य पदकी उम्मेदवार हुन्। उनको उम्मेदवारी क्रम संख्या २४ रहेको छ।
पक्राउ पर्नुअघि उनले महाधिवेशन प्रतिनिधिहरूसँग मत माग्दै पार्टी रूपान्तरण, नयाँ सोच र युवा सहभागितालाई आफ्नो मुख्य एजेन्डा बनाएकी थिइन्।
खड्काले आफ्नो राजनीतिक यात्रा बाल कांग्रेसबाट सुरु गरेकी थिइन्। त्यसपछि नेपाल विद्यार्थी संघ र तरुण दलका विभिन्न जिम्मेवारीमा रहेर कांग्रेसको सक्रिय राजनीतिमा संलग्न हुँदै आएकी छन्।
उनी १३औँ महाधिवेशनमा देशभरकै कान्छी महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएको बताइएको छ।
खड्काले आफ्नो राजनीतिक यात्रा बाल कांग्रेसबाट सुरु गरेकी हुन् । त्यसपछि नेपाल विद्यार्थी संघ र तरुण दलका विभिन्न जिम्मेवारीमा रहेर उनले कांग्रेसको सक्रिय राजनीतिमा निरन्तरता दिएकी छन् ।
खड्का १४औँ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि हुँदै केन्द्रीय सदस्यको उम्मेदवार बनेकी थिइन् । उनी २०८२ पुस अन्तिममा भएको दोस्रो विशेष महाधिवेशनमा उनी जेनजी उमेर समूहबाट केन्द्रीय सदस्य बनेकी थिइन् ।
१५औँ महाधिवेशनमा भने उनी रामेछापबाट सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएको बताइएको छ । यही पृष्ठभूमिमा उनले अहिले केन्द्रीय सदस्यका लागि आफ्नो दाबी प्रस्तुत गरेकी थिइन् । तर अब उनी प्रहरी हिरासतमा पुगेकी छन्।



प्रतिक्रिया