अपराध
राल्मा सामुदायिक वनको ओढारमा ५ थान भरुवा बन्दुक बरामद

रूकुम पूर्व – जिल्लाको भुमे गाउँपालिका–४ नौधारीस्थित राल्मा सामुदायिक वनको ओढारमा लुकाइछिपाई राखिएको भरुवा बन्दुक बरामद गरिएको छ । प्रहरीले ५ थान भरुवा बन्दुक शनिबार साँझ बरामद गरेको छ ।

रामथलीबाट करीब १० किलो गाँजा बरामद

बारा – जिल्लाको निजगढ नगरपालिका–१२ रामथलीबाट अवैध लागूऔषध गाँजा करीब १० किलो शनिबार साँझ प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरी टोलीले कच्ची घरमा गाँजा च्याप्ने

कौडा खेलिरहेको अवस्थामा ५ जना पक्राउ

काभ्रे – जिल्लाको धुलिखेल नगरपालिका–९ ढुंगाखानीस्थित शुभान होटलमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । धुलिखेल नगरपालिका–१० बस्ने ४० वर्षीय अमृत लामा समेत ५ जनालाई शुक्रबार राति

प्रलोभनमा पारेर बिहे गरी मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ

काठमाण्डु – पीडितको बहिनीको उपचारमा सहयोग गर्ने प्रलोभन देखाई झुक्यानमा पारी बिहे गरी मानव बेचबिखन तथा ठगी गरेको अभियोगमा नवलपरासीको कावासोती नगरपालिका–८ ठेगाना भई कास्कीको पोखरा महानगरपालिका–६ बस्ने ३६ वर्षीय

हत्या गरेको अभियोगमा १ जना पक्राउ

झापा – जिल्लाको भद्रपुर नगरपालिका–२ बस्ने ३५ वर्षीय सनम भन्ने गंगा राईको हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । प्रहरीले स्थानीय ३० वर्षीय कमानसिंह राईलाई बिहीबार बिहान