काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बूढानीलकण्ठ नगरपालिका–६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ४५ वर्षीय राजेश नगरकोटीसहित १० जनालाई पक्राउ गरेको हो ।
प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ५४० र छ बुक ताससहित पक्राउ गरेको छ ।
त्यसैगरी चितवन रत्ननगर नगरपालिका–१६ हात्तीगाडेबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय माधव थापा मगरसहित ६ जनालाई पक्राउ गरेको छ ।
भरतपुर महानगरपालिका–७ बस्ने ३८ वर्षीय डिलाराम चालिसेको घरमा जुवातास खेलिरहेको अवस्थामा डिलारामसहित सात जना पक्राउ परेका छन् । चितवन प्रहरीले जुवातास खेलिरहेका व्यक्तिहरूको साथबाट ३ लाख ३७ हजार ४८० र १ बुक ताससहित पक्राउ गरेको हो ।
धनकुटाको पाख्रीबास नगरपालिका–९ बस्ने ५५ वर्षीय विष्णु घिसिङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा विष्णुसमेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ एसएस चोक नजिकबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक घर भएका २६ वर्षीय सुजन तामाङ समेत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागेश्वरी पकरीटोलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय दिपेश लामिछानेसमेत १५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
झापाको कमल गाउँपालिका–५ टुक्रे बस्ने ४५ वर्षीया गीता भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा गीतासमेत १२ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी झापाको दमक नगरपालिका–१० बाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–१० बस्ने ५४ वर्षीय काजिम थापासमेत १० जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२ शिव चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–३ बस्ने ५२ वर्षीय सञ्जय पंजियारसमेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–७ चौरीगाउँ बस्ने ४१ वर्षीय विष्णु थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा विष्णुसमेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीको बरहथवा नगरपालिका–९ मुर्तियाबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा बरहथवा नगरपालिका–९ बस्ने लालकृष्ण गुरुङसमेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी सर्लाहीको लालबन्दी नगरपालिका–४ हरिभवन टोल बस्ने ४० वर्षीय भुवनकुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा भुवनसमेत ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ पुष्पलाल चोक बस्ने ५३ वर्षीय रवीन्द्र केसीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रवीन्द्रसमेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका–१८ अधेरीकुना डेरा गरी बस्ने म्याग्दी घर भएका ४८ वर्षीय केशर रानाको कोठामा जुवातास खेलिरहेको अवस्थामा केशरसमेत ६ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।


प्रतिक्रिया